सोमबार, १४ जेष्ठ २०८१
6699 views
6699 views
काठमाडौं । नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा नेपाल आयन निगम रहेको छ । यसले आर्थिक वर्ष २०७९९८० मा ११ अर्ब ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसको सञ्चित नाफा भने ४ अर्ब ८५ करोड ऋणात्मक देखिएको छ ।
आर्थिक वर्ष २०७९र८० मा उच्च खुद नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान क्रमशः नेपाल आयल निगम लि।, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अर्थमन्त्रालयका अनुसार यी संस्थानको खुद नाफा कुल खुद नाफाको ७५।६७ प्रतिशत रहेको छ ।
उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थानको खुद नाफा, सेयर लगानी, सेयर लगानीमा खुद नाफा प्रतिशत, सार्वजनिक संस्थानको खुद नाफामा यी संस्थानको योगदान र सञ्चित नाफारनोक्सान यस प्रकार रहेको छ ।