६ मंसिर २०८१, बिहीबार
ताजा खबर

सेयर धितो कर्जाको ब्याजदर घट्यो

नागरिक पोष्ट

शनिबार, १२ जेष्ठ २०८१

9793 views

9793 views

सेयर धितो कर्जाको ब्याजदर घट्यो

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको ब्याजदर पनि घट्न थालेको छ । विगत लामो समयदेखिको अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । 
ब्याजदर सस्तो हुँदा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ता पनि बढेको देखिएको छ । ब्याजदर घट्दै जाँदा प्रत्येक महिना सेयर धितो कर्जा लिनेहरुको संख्या पनि बढ्दै गएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । यो तथ्यांकलाई आधारमान्दा १० महिनामा सेयर धितो कर्जा १२.३ प्रतिशतले बढेको हो । 
कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिँदैछन् सेयर धितो कर्जा ?
वाणिज्य बैंकहरुले आधार दरमा थप केही प्रिमियम जोडेर सेयर धितो कर्जा प्रवाह गर्दैै आएका छन् । बैंकहरुको आधार दर घट्दो क्रममा रहेको छ । 
अहिले धेरै बैंकहरुको आधार दर तथ्यांकमा एकल अंकमा झरेको छ । बैंकहरुले आधार दरमा न्यूनतम शून्यदेखि अधिकतम ५ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको बताएका छन् ।सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.३५ प्रतिशत रहेको छ । बैंकले यो दरमा थप २.२५ प्रतिशतदेखि २.७५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको छ । जसअनुसार यस बैंकबाट सेयर कर्जा लिँदा न्यूनतम ९.६ प्रतिशतदेखि  १०.१ प्रतिशतसम्म ब्याजदर निर्धारण हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?