शनिबार, १२ जेष्ठ २०८१
10915 views
10915 views
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
तेजाबी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चाँदीको भाउ ६० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं : यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन अर्थात, आइतबार र सोमबार पनि सुनको मूल्यले नयाँ उचाई कायम गरेको थियो । त्यसपछिका दिनमा भने मूल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मकै उचाई रेट प्रति १० ग्राम १ लाख २१ हजार ५७० रुपैयाँ पुगेको थियो । त्यसपछिका दिनमा भने क्रमशः घटेर शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ लाख १७ हजार ३७० रुपैयाँ कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४३० रुपैयाँ कम हो ।