शनिबार, १२ जेष्ठ २०८१
10167 views
10167 views
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । यो साता कारोबार भएको ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २०१८.७६ को विन्दुमा बन्द भएको बजार यो साता २१३१.४९ विन्दुमा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा ११२.७३ अंकले बजारमा बढोत्तरी आएको छ । अघिल्लो साता बजार ५२.५३ अंकले बढेको थियो । यस हिसावले २ सातामा बजार १६५.२६ अंकले बढेको छ । यो साता दोस्रो बजारमा २१.९९ अर्बको कारोबार भएको छ ।
बजारमा यो साता करिब २२ अर्बको सेयर कारोबार भयो । यस हिसावले हेर्दा लामो समय घटेको बजारमा यो साता कारोबार र सूचक दुबैमा सुधार आएको छ । प्राविधिक रुपमा पनि यो साता बजारको अवस्था राम्रो देखिएको छ । यो साता बजारले २०४० को विन्दुलाई ब्रेक गरेर माथि लागेर नयाँ हायर हाई बनाएको छ । अर्थात यहाँबाट बजारले आफ्नो क्यारेक्टर चेञ्ज गरेको छ ।