आईतवार, ६ जेष्ठ २०८१
8280 views
8280 views
काठमाडौं, ५ वैशाख । यस साता सेयर बजार सकारात्मक देखिएको छ । यस साता सेयर बजार ५२.५३ अङ्कले बढेर २०१८ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आइतबार ८।२६, सोमबार २४।३९, मंगलबार २८.६२ र बिहीबार ०.७९ अंकले बजार बढेको थियो । बुधबार भने ९.५४ अंकले घटेको थियो । पाँच दिनमा दैनिक औसत ३ अर्ब ७१ करोड ८९ लाखका दरले कुल १८ अर्ब ५९ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको ४ करोड ४० लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।
आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा ८३ अर्ब ४६ करोडले बढेर ३२ खर्ब १ अर्ब १६ करोडमा बढोत्तरी भएको हो ।