१८ मंसिर २०८१, मंगलवार
ताजा खबर

प्रथम वनदेवी(चन्द्रागिरि सांस्कृतिक व्यापार महोत्सव जेठ १४ गतेदेखि

नागरिक पोष्ट

शनिबार, ५ जेष्ठ २०८१

7583 views

7583 views

प्रथम वनदेवी(चन्द्रागिरि सांस्कृतिक व्यापार महोत्सव जेठ १४ गतेदेखि

 

 

काठमाण्डाैँ । जेठ १४ गतेदेखि चन्द्रागिरि नगरपालिका(०७ घुमाउनेमा प्रथम वनदेवी(चन्द्रागिरि सांस्कृतिक व्यापार महोत्सव सञ्चालन हुने भएको छ । 

वनदेवी सामुदायिक भवन संरक्षण समितिको संयोजनमा हुने महोत्सव जेठ २७ गते सकिनेछ । 

 


महोत्सवका बारेमा जानकारी दिन वनदेवी सामुदायिक भवन संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरेको छ । 

स्थानीय वनदेवी सामुदायिक भवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा विभिन्न सर(सामान खरिद बिक्री स्टल, मनोरञ्जनात्मक खेल गतिविधिका स्टल रहनेछन भने साँझ सांगितिक प्रस्तुतिका लागि हरेक दिन लोकप्रिय कलाकारहरू निम्त्याइनेछ ।

महोत्सवमा करिब ५० वटा स्टल रहने आयोजकको भनाइ छ । चन्द्रागिरि क्षेत्रको व्यवसायीका स्टलले महोत्सवमा सहभागिताका लागि प्राथमिकता पाउने वनदेवी सामुदायिक भवन संरक्षण समितिले जनाएको छ । 

महोत्सव हरेक दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ । 

कार्यक्रमस्थल प्रवेशका लागि ७० रुपैयाँ राखिएको छ । विद्यार्थीले कार्यक्रमस्थलमा प्रवेशका लागि ५० रुपैयाँ तिर्नुपर्नेछ ।

संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा।लि। को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । महोत्सवका अवसरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुुने बताइएको छ।

महोत्सवमा सहभागी भइ किनमेल तथा मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागिताका लागि वनदेवी सामुदायिक भवन संरक्षण समितिले सबैमा अनुरोध गरेको छ ।

महोत्सव चन्द्रागिरि केबलकार नजिकै रहेको ड्रिम एम्युजमेन्ट पार्क पछाडीको क्षेत्रमा सञ्चालन हुनेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं। ७ मा यस किसिमको महोत्सव हुन लागेको यो पहिलो अवसर हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?