शुक्रबार, ४ जेष्ठ २०८१
8144 views
8144 views
काठमाडाैं, ४ जेठ । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२४ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको छ । यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाएका छन्।
जेष्ठ ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत मन्तव्य राखेका थिए भने एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए ।जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गरे ।
– SOIL
– INTO THE DEEP
– GOBLIN MODE
– RETRO FUTURISM
र एशियन पेन्ट्सका कलमइस्ट ,द्दडिटर तथा सिनियर एडभाइजर, मञ्जु सारा राजनले ’TERRA’ लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गरे, जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड (Grounding shade) हो। यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ र आजको द्रुत–गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्दछ।