८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्य सामान्य गिरावट

नागरिक पोष्ट

सोमबार, ३१ बैशाख २०८१

6308 views

6308 views

सुनचाँदीको मूल्य सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज ९सोमबार० सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पनि घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?