८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

नागरिक पोष्ट

सोमबार, ३१ बैशाख २०८१

5594 views

5594 views

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं  । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० र दुई प्रहरी नायब महानिरीक्षक ९डिआइजी०लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा हुनुभएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आज प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।


कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए ।

पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित मिति स् ३० बैशाख २०८१, आइतबार  १० स् ३९ बजे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?