आईतवार, ३० बैशाख २०८१
9759 views
9759 views
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।