६ मंसिर २०८१, बिहीबार
ताजा खबर

धितोपत्र बोर्डद्वारा नीति तथा कार्यक्रमका लागि राय-सुझाव माग

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

8416 views

8416 views

धितोपत्र बोर्डद्वारा नीति तथा कार्यक्रमका लागि राय-सुझाव माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राय तथा सुझाव मागेको छ । बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो ।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि रचनात्मक राय सल्लाह सुझाव जेठ १५ गतेसम्ममा इमेलमार्फत पेश गर्न बोर्डले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?