९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

टोखा नगरपालिकामा साङला, विष्णुमती तथा अन्य नदीहरू सरसफाई सुरु

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

6716 views

6716 views

टोखा नगरपालिकामा साङला, विष्णुमती तथा अन्य नदीहरू सरसफाई सुरु

काठमाडौं । टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी ज्यूको प्रमुख अथितित्वमा आज टोखा नगरपालिकाको मारिगोल्ड पुलबाट साङला, विष्णुमती तथा अन्य नदीहरूको सरसफाई कार्यक्रम सुरु गरिएको छ ।

टोखा नगरपालिकाको प्रहरी वृत , स्थानीय , आर्मी फोर्स तथा अन्य नागरिक समाजले सुरु गरेको यो कार्यक्रम हप्ताको एकदिन अनिवार्य रूपमा गरिने भएको छ । शनिबार बिहान ६:३० बजे अनिवार्य रूपमा खोला सफा गर्न आउनुपर्ने टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले भन्नुभएको छ । मेयर अधिकारीले भन्नुहुन्छ , “हामी सबै मिलेर गर्यौ भने यो खोलाहरू आवश्य एकदिन सफा खोलाको नामले परिचय हुन्छ ।”

टोखा नगरपालिकाले सुरु गरेको यो कार्यक्रममा सबैजना निकै हर्षित यहाँ उथसहाका साथ उपस्थित थिए र धमाधम खोला सफा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?