८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

गोल्डेन ड्रागनको लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन हुुर्ने

नागरिक पोष्ट

शनिबार, २९ बैशाख २०८१

9385 views

9385 views

गोल्डेन ड्रागनको लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन हुुर्ने

काठमाडौं । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो ।

सोमबार चीनमा आयोजित एक कार्यक्रमबीच दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पहिलो चरणमा गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ लगानी हुनेछ ।


एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले यही वर्षदेखि नेपालमा विद्युतीय सवारी निर्माणको काम सुरु हुने बताए । उनका अनुसार वार्षिक पाँच हजारभन्दा बढी गाडी उत्पादन गर्ने योजना रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?