७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हिमालयन डिष्टिलरीको नाफामा गिरावट

नागरिक पोष्ट

शुक्रबार, २१ बैशाख २०८१

5390 views

5390 views

हिमालयन डिष्टिलरीको नाफामा गिरावट

काठमाडौं, २१ वैशाख । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्षका तेस्रो वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ६३ दशमलव ५१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा हुन पुगेको वृद्धि, माग तथा खपतमा गिरावटका साथै मदिरा बजारमा बढेको प्रतिस्पर्धा लगायतका कारणहरुले कम्पनीको बिक्री आम्दानी घट्न पुगेको कम्पनीले वित्तीय विवरण मार्फत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?