७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल ट्रेड युनियन काङ्ग्रेस तारकेश्वरले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

7532 views

7532 views

नेपाल ट्रेड युनियन काङ्ग्रेस तारकेश्वरले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेस तारकेश्वरले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएकोृ छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा तारकेश्वर १० स्थीत त्रिवेणी व्याङक्वेटरमा आज आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश सभा क र ख का सभापति क्रमश ख्याम तिवारी र बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेस बाग्मती प्रदेशका सदस्य इन्द्रमान महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर १० का सभापति एवं वडा अध्यक्ष कुमार राई लगायतका अतिथिहरुकाे उपस्थित रहेकाे थियाे । उपस्थित अतिथिहरूले मजदुर दिवसको शुभकामना दिएका थिए।

 

नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिका अध्यक्ष अच्चुत ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, नेपाली काँग्रेस काठमाण्डौं जिल्लाका सदस्य लक्ष्मण महर्जन, नेपाली काँग्रेसका काठमाण्डौं क्षेत्र नं ६ का सचिब उत्तम अधिकारी पुर्व कर्मचारीहरु, शिक्षकहरु र स्थानीय जनप्रतिनिधि लगायत पत्रकारहरूको उल्लेखनीय  सहभागिता रहेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?