१० कार्तिक २०८१, शनिबार

ताजा खबर

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

4761 views

4761 views

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरूले बजेट छुट्याउने बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बनेको बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म९वेश० को नवनिर्मित भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


मन्त्री श्रेष्ठले एउटा मन्त्रालयले मात्रै विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न सम्भव नभएकोले आगामी आ।व। २०८१र०८२ को बजेटमा सबै मन्त्रालयहरूले निश्चित प्रतिशत रकम विपद् व्यवस्थापनका लागि छुट्याउने बताए ।

उनले विपद् व्यवस्थापन गर्नु तिनै तहको सरकार र सबै नागरिकको दायित्व भएकोले सबैले आ–आफ्नो भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।


विपद्को विषय संघ, प्रदेश र स्थानीय तिनै तहको सरकारले हेर्ने गरे पनि आपसमा समन्वय हुन नसक्दा विपद्को बेलामा समयमै उद्धार गर्न नसकिने गरेको उनले बताए । उनले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका बिचमा आपसी समन्वय हुनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ मा विपद् व्यवस्थापनको सम्बन्धमा नयाँ नीति बनाएर सोही अनुरूपको कार्यक्रम अघि सार्ने बताए ।

उनले विपद् परेको बेलामा नेपाल प्रहरीको भूमिका प्रशंसनीय रहने गरेको उल्लेख गर्दै प्रहरी नागरिकमैत्री र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई कार्यान्वयन गर्नका लागि प्रदेश सरकार लागिरहेको पनि जानकारी दिए ।

मन्त्री श्रेष्ठले विपद्बाट बच्नका लागि सुरक्षा संस्कृतिको निर्माण गर्नुपर्ने बताए । उनले मानिसकै कारणबाट विपद् निम्तिने गरेको भन्दै आफ्नो भूमिका र जिम्मेवारीप्रति सबै सचेत हुनुपर्ने बताए ।

बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म९वेश०को नवनिर्मित भवन बागमती प्रदेश सरकारको २ करोड ८ लाख १३ हजार ८३१ रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?