७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

4897 views

4897 views

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ।

मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि दुई स्थानमा गणना भइरहेको थियो ।


अहिलेसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङसेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना गर्न बाँकी छ।

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।


गत शनिबार सम्पन्न उपनिर्वाचनको आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?