७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बझाङमा मत अन्तर घटाउँदै एमालेस् कांग्रेस ८३ मतले अगाडि

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

4846 views

4846 views

बझाङमा मत अन्तर घटाउँदै एमालेस् कांग्रेस ८३ मतले अगाडि

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ। पछिल्लो मत परिणाममा एमालेले मतअन्तर घटाउँदै लगेको छ। अघिल्लो पटक सार्वजनिक भएको मत परिणाममा २८४ मतले अगाडि रहेको कांग्रेस पछिल्लो मत परिणाममा ८३ मतले मात्र अगाडि छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ९ हजार १६७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा ८३ मतले अगाडि छ।


माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ४९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २३ सय २८ मतसहित चौथो स्थानमा छन्।

मष्टा गाउँपालिका सकेर अहिले तल्कोटको गणना जारी छ। बझाङमा अब साइपाल गाउँपालिकाको गणना हुन बाँकी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?