७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लागुऔषध कारोवार गर्ने मानिसहरु नियन्त्रणमा

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

8620 views

8620 views

लागुऔषध कारोवार गर्ने मानिसहरु नियन्त्रणमा

 काठमाण्डाैँ ।  काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ०९ सिनामंगल स्थित सुकुम्बासी टोलमा लागु औषध कारोवार भई रहेको भन्ने जिल्ला प्रहरी परिसर, काठमाडौंमा सूचना प्राप्त भए पश्चात तत्काल यस कार्यालयबाट  प्रहरी टोली खटिगई उक्त स्थानमा पुगी निम्न व्यक्तिहरुको घर खानतलासी गर्ने क्रममा निम्न परिमाणमा लागु औषध फेलापारी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको ।

क) पक्राउ परेका व्यक्तिहरु:-
१. जिल्ला चितवन ,भरतपुर म.न.पा. ६ घर भई हाल का.जि. का.म.न.पा. ०९ बस्ने बर्ष ५१ की लक्ष्मी परियार ।
२. जिल्ला कैलाली,धनगडी उप- म.न.पा. १२ घर भई हाल का.जि.का.म.न.पा ०९ बस्ने बर्ष ३५ को ईन्द्र ब. साउँद ।
३. जिल्ला दोलखा घर भई हाल का.जि. का.म.न.पा ०९ बस्ने बर्ष ३४ की सृजना बि.क. ।
४. जिल्ला काठमाडौं का.म.न.पा.०९ बस्ने बर्ष ५१ की मिना बस्नेत ।

ख) बरामद दशी:-
१. नुरफिन २४ एम्पुल              २. डाइजापाम ९५ एम्पुल
३. फेनरागन ४७ एम्पुल             ४. पोल्याण्ड १ के.जि.९८० ग्राम
५ . नगद ४,१६,३५०/-             ६. मोबाइल ८ थान
 ७. ल्यापटप १ थान                 ८ power bank  १ थान      
 
 पक्राउ परेका व्यक्तिहरु उपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौंबाट दिन - ७ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?