७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

नागरिक पोष्ट

मंगलवार, २७ चैत्र २०८०

4812 views

4812 views

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।


सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसद्‌मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।           

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?