७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

10830 views

10830 views

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

काठमाडौँ  । टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो  खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।

आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रमाका क्रममा जहाँजहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताए ।


भोलि घोडेजात्राका दिन साँझ साढे ६ बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छ जना कुमार र चारजना कुमारीलाई भात खुवाइने उनको भनाइ छ ।

सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ ।


जात्राको अन्तिम दिन बिहान साढे ६ बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा ९न्या प्वाय ल्हो०मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ ।

त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?