७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेकपा एमालेको १६ नं. वडा अध्यक्षमा जयप्रकाश श्रेष्ठ निर्वाचित

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

5101 views

5101 views

नेकपा एमालेको १६ नं. वडा अध्यक्षमा जयप्रकाश श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा एमालेको काठमाडौं महानगर अन्तरतग १६ नम्बर वडाको एघारौं अधिवेशनबाट जयप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । वडा कमिटी सचिव रहेका श्रेष्ठलाई बन्दसत्रले सर्वसम्मत अध्यक्ष चयन गरेको हो । बन्दसत्रले अध्यक्ष श्रेष्ठ लगायत ४४ जनाको वडा कमिटि निर्माण गरेको छ । जसमध्य अध्यक्ष्यमा जयप्रकाश श्रेष्ठ, उपाध्यक्षमा सुनिल केसी, सचिवमा रणेन्द्र महत, उपसचिवमा समिर भण्डारी र लुना श्रेष्ठ हुनुहुन्छ ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएसँगै श्रेष्ठले नयाँ मार्ग अनलाइनसँग कुरा गर्दै वडा नम्बर १६ मा भएको मतभेद अन्त्य गरेर अगाडि बढ्ने बताउनुभयो । “म तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको छु । अब कमिटिमा विगतमा भएको मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकढिक्का र बलियो बनाउनुपर्ने जिम्मेवारी आएको छ । यो मेरा लागि चुनौति र अवसर दुवै हो । अब मेरो पहिलो जोड आजकै दिनबाट मिसन ८४ लाई मध्यनजर गरेर व्यवापक संगठन निर्माणमा गर्नुहुन्छ । यो वडामा विगतको विरासत फिर्ता गर्ने मेरो पहिलो सपना छ ।” उहाँले भन्नुभयो, “हामीले विगतमा आफैभित्रको कमजोरीका कारण संघ, प्रदेश र वडाको चुनावमा पराजित हुनुपरेको छ । मेरो भूमिका वडा १६ मात्रै हैन, निर्वाचन क्षेत्र ७ मा संघ, प्रदेश र स्थानीय सबै क्षेत्रमा नेकपा एमाले पार्टीलाई पहिलो नम्बरमा ल्याउने हुन्छ । यसका लागि सबैसँग सहकार्य गरेर, जनताको घरदैलोमा पुगेर समस्या के छन् बझ्ने र समस्याको समाधानका लागि सम्पूर्ण शक्ति लगाएर काम गर्ने मेरो योजना छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?