७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पुजार सार्की’ स् ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल

नागरिक पोष्ट

शनिबार, १७ चैत्र २०८०

7158 views

7158 views

पुजार सार्की’ स् ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल

काठमाडौं– मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’मा नायक पल शाह  ‘मेघराज खत्री’ को भूमिकामा देखिने भएका छन् । निर्देशक दिनेश राउतले शनिबार पलको चरित्र खुल्ने तस्बिर सार्वजनिक गर्दै उनको भूमिकाबारे जानकारी दिएका हुन् । 

पल मेघराजको भूमिकामा काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले जरिकोट नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । 


यसअघि निर्माण पक्षले नायक आर्यन सिग्देल र प्रदीप खड्काको पात्रबारे जानकारी दिइसकेको छ । 

निर्देशक राउतले चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । उनले मेगराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । 


केही दिनमा चलचित्रको प्रदर्शन मिति तोक्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ । तीन नायक बाहेक अन्जना बराइली र परीक्षा लिम्बूको पनि मुख्य भूमिकामा रहने बताइएको छ । 

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यस विकास सुवेदीले लेखेका हुन् भने  सुभास भुसालको लगानी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?