६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सहकारी प्रकरणबारे प्रमाणसहित उजुरी दर्ता भए रवि लामिछानेले राजीनामा दिनुपर्छ - एमाले

नागरिक पोष्ट

आईतवार, ११ चैत्र २०८०

11901 views

11901 views

सहकारी प्रकरणबारे प्रमाणसहित उजुरी दर्ता भए रवि लामिछानेले राजीनामा दिनुपर्छ - एमाले

काठमाडौं— सहकारी ठगी प्रकरणलाई लिएर सदनमा प्रमुख प्रतिपक्षी दलको विरोध खेपीरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे सत्तारुढ दल नेकपा एमालेले ‘धारणा सार्वजनिक’ गरेको छ। आफूविरुद्ध प्रमाणसहित उजुरी दर्ता भएको खण्डामा लामिछानेले राजीनामा दिनुपर्ने एमालेको भनाइ छ।

आइतबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ।’ 

एचबदजग द्यबलप
अहिलेको अवस्थामा भने गृहमन्त्री लामिछानेविरुद्ध त्यस्तो (प्रमाणसहितको) उजुरी दर्ता भएको स्थिति नभएको ज्ञवालीको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले राजनीतिक पूर्वागृहका आधारमा लामिछानेको राजीनामा मागिरहेको ज्ञवालीले टिप्पणी गरे। 

सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएकाले यसको छानबिन हुने ज्ञवालीको भनाइ छ। भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको ज्ञवालीले उल्लेख गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?