६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महारा रिहा

नागरिक पोष्ट

शुक्रबार, ९ चैत्र २०८०

12054 views

12054 views

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महारा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले हाजिरी जमानीमा छोडेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । उनले खबरहबसँग भने, ‘उनको छोराको जिम्मा लगाएर हामीले भर्खरै रिहा गरेका छौं ।’


विद्युतीय चुरोटको आवरणमा सुन तस्करी गरेको आरोपमा नेता महरा चैत ५ गते पक्राउ परेका थिए । उनलाई रुपन्देहीमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको थियो ।


उनलाई काठमाडौं जिल्ला अदालतले पहिलो अनुसन्धानका लागि चार दिनको म्याद दिँदै अस्वस्थ भएकाले अस्पताल भर्ना गराउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?