६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधिसभा अन्तर्गत कानून र शिक्षा समितिको बैठक बस्दै

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

6869 views

6869 views

प्रतिनिधिसभा अन्तर्गत कानून र शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसदका दुई वटा समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतका कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

जसमा कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।


बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारमा रहेका कैदी एवं थुनुवाको मानवअधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण तथा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यसूची रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?