६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

8892 views

8892 views

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए ।


सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनले बताए । ओलीले कांग्रेसबाट परिपक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे ।

त्यसअघि संसद्‌मा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?