मंगलवार, ६ चैत्र २०८०
10524 views
10524 views
काठमाडौं, ६ चैत । चालु आर्थिक वर्ष २०८०र०८१ को ८ महिनाको अवधिमा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका हुन् ।
उक्त आयातमा १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यो अवधिमा उक्त कार आयात हुँदा सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।
५० किलोवाटसम्म चीनबाट ६६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा आएको छ।
५१ देखि १ सय किलोवाटसम्म चीनबाट ३ हजार २६० वटा, भारतबाट ३३२, कोरियाबाट ३ वटा आयात भएको छ।
१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ।
२०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो।