३१ भाद्र २०८१, सोमबार

ताजा खबर

नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

12224 views

12224 views

नेपाल सरकारबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा २०८० साल चैत्र ४ गते आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् ।
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य अबदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।
पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लामो समयदेखि प्रयास भइरहेको थियो। पोखराका पर्यटन व्यवसायीले यसका लागि दबाब दिंदै आएका थिए।
गण्डकी सरकारले २०७५ सालमा पर्यटकीय राजधानी घोषणाका लागि तयारी थालेको थियो। तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ मंसीर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति मागेका थिए। संघीय सरकारले अनुमति दिएको थिएन।

त्यसपछि प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यसलाई समेटेको थियो। गण्डकी सरकारको नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै देशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने उल्लेख गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?