६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्ने तयारी

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

12513 views

12513 views

बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्ने तयारी

काठमाडौँ   । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०को केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठक आज बस्दैछ ।

महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक बैठक बोलाएका हुन् । जसअनुसार आज कार्यकारिणी र मंगलबार केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।


महिन्द्रराय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ ।

शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।


अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवैजनालाई कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई आक्रोशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?