६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

5339 views

5339 views

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको बताएका छन् ।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताए । प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई९मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई९मधेशलाई जोडेर उत्तर दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’


गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए।


प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।’ केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?