३१ भाद्र २०८१, सोमबार

ताजा खबर

पोखरालाई नेपालको पर्यटकीय राजधानी आज घोषणा गरिदै

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

5237 views

5237 views

पोखरालाई नेपालको पर्यटकीय राजधानी आज घोषणा गरिदै

पाेखरा।कास्कीको पोखरालाई औपचारिकरूपमै आज (आईतबार) नेपालको पर्यटकीय राजधानी घोषणा गरिदै छ ।

लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि आईतबारदेखि भने राजधानी घोषणा हुने छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने छन् ।

पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने दिन बृहत् झाँकीसहितको र्‍यालीसमेत निकालिने भएको छ ।

यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारीस्वरुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?