शनिबार, ३ चैत्र २०८०
14978 views
14978 views
काठमाण्डौ — कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।
कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा मात्रै एक विकेट गुमाएर भेट्टायो । आर्मीका तृतराज दासले अर्धशतक बनाए । यस्तै इमरान शेखले ३८ रन बनाए । मोरङ क्रिकेट संघले गरेको प्रतियोगितामा तीन विभागीय टोली र सात वटा प्रदेशका टोली सहभागी थिए ।