६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

जन्म दिनको उपलक्ष्यमा मेनुका थापाले उपहार फिल्म नै उपहार दिइँन (भिडियो सहित)

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

8535 views

8535 views

जन्म दिनको उपलक्ष्यमा मेनुका थापाले उपहार फिल्म नै उपहार दिइँन (भिडियो सहित)

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिज भएको हो । फिल्ममा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थिति, दिदीबहिनी विचको प्रेम सम्बन्ध, विदेशीएको पिडा, त्याग,कडा परिश्रम पछिको खुशी र वास्तवमा हम्रो समाजको ताजा कथा फिल्ममा हेर्न पाएको दर्शकहरु बताउँछन् । 

त्यसै गरी फिल्म हेर्न रक्षा नेपालका छोरीहरु र रक्षा नेपालको कर्मचारी सहित अध्यक्ष मेनुका थापा फिल्म हलमा पुगिन् । उनीसँगै आएका करीब ९० जना छोरीहरुको मुहारमा छुट्टै खुशीहरु छछल्किएको थियो । फिल्म हेर्न ती नानीहरु आतुर देखिन्थे रमाउदै लाईनमा उनीहरु भर्यागं चढी माथी जादै थिए । यतीका नानीहरुको अविवाहीत आमा मेनुका थापालाई हामीले सोध्यौँ नानीहरुलाई  पढ्ने उमेरमा किन फिल्म हेर्न ल्याको आमा उहाँ भन्नु हुन्छ ,समाजको यर्थाथतालाई राम्रोसँग केलाएर, नारी प्रधान चलचित्र बनेको र यो फिल्म पहिला आफुले पुरा हेरी नानीहरुलाई देखाउन योग्य भएकोले उनीहरुमा पनि जिवनमा कहिले हरेस नखाने र केही गर्न सक्ने हौसला र आँट सधै मिलिरहोस् भनेर यो भुमि हेर्न ल्याएको उनी बताउँछीन् । 

साथै आफ्नो जन्म दिन चैत्र ५ गते पर्ने भएकोले सो दिन विशेष कामको लागी काठमाण्डौँ बाहिर हुने भएकाले रक्षा नेपालमा संरक्षित प्रिय छोरीहरुलाई आमा मेनुका थापाले दिएको यो उपहार साथमा छोरीहरुलाई मिठो परिकार खान दिएर खुशी पारेको उनी बताउँछीन् ।

त्यती मात्र होईन अध्यक्ष मेनुका थापाले रक्षा नेपाल मार्फमत २० वर्ष देखी महिला मुक्ती र सशक्तिकरणको सवाल उठाउदै आएको भए पनि फिल्म उपहारले आफुले २० वर्ष सम्म दिन नसकेको मेसेज दिएको भन्दै उपहार टिमलाई धन्यवाद दिदै फिल्म अवधीभर बोर हुने ठाउँनै नभएको बताईन् र सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई फील्म हेर्न अनुरोध र आग्रह पनि गरिन् ।

फिल्म हेरेर बाहिर निस्कदा धेरै दर्शकको आँखामा आँसु आएको थियो भने कतिपए दर्शकलेत आफ्नो जिवनसँग मेल खाएको बताई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?