६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

6291 views

6291 views

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

रौतहट। रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसो १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गोली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज  पठाइएको छ । उनले खबरहबसँग भने ‘उहाँको अवस्था चिन्ताजनक छ । कन्चटमा गोली लागेको छ ।’


प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल पनि बरामद गरेको छ ।

श्रेष्ठका अनुसार मनिष कुमार, राजकुमार कुसुहा र चन्द्रमान सिंहलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?