६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

२७ दशमलव ८४ अंकले घट्यो नेप्से परिसूचक

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

4880 views

4880 views

काठमाडौं, १ चैत। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक  दोहोरो अंकले घटेको छ । आज नेप्से २७ दशमलव ८४ अंकले घटेर २ हजार ८० दशमलव ८७विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १ करोड १४ लाख कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४४ वटाको बढेको छ भने १९६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार अप्पर तामाकोशीको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?