६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ड्रिल मेसिनलगायत समान नेपालगन्जको भन्सारमा

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

5220 views

5220 views

ड्रिल मेसिनलगायत समान नेपालगन्जको भन्सारमा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले दैलेखमा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिनलगायत समान नेपालगन्जको भन्सारमा रोकिएको बताएकी छिन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् ।

उनले ती समान भन्सार नाकादेखि दैलेख सम्म पुर्याउन ७र८ दिन लाग्ने र उपकरण हप्तौँ दिनसम्म रोकिँदा अन्वेषणको काम रोकिएको उल्लेख गरिन् । रानाले भनिन्,‘ मैले सिडिओलाई बुझ्दा १० ट्रक समान रोकिएको रहेछ । प्रक्रिया मिलाएर रोकिएको सामान छुटाई पेट्रोलियम अन्वेषणको काम सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?