६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा

नागरिक पोष्ट

सोमबार, २८ फाल्गुन २०८०

11969 views

11969 views

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा

कठमाण्डौ – राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् ।  नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?