६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

4795 views

4795 views

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ  । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १७ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।


आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

यस्तै, राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र आर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देश सहित प्रतिनिधिसभामा पठाइएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको सभासमक्ष जानकारी गराउने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?