बुधबार, २३ फाल्गुन २०८०
6104 views
6104 views
काठमाडौं । चर दलले ११ बजेबाट बालुवाटारमा बसेर सत्ता समिकरणको गृहकार्य अगाडि बढाएका छन् । हाल चार दलका नेता तथा शीर्ष नेताहरुस्को अउनेजाने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ
अहिले जसपा नेता उपेन्द्र यादव प्रधानमन्त्री तथा एमालेका नेताहरू अनौपचारिक छलफलमा बसिरहेका छन् । यस्तै रास्वपाका नेताहरू पनि बालुवाटार गएको उपसभापति डिपी अर्यालको भनाइ छ ।
चार दलले नेकपा एकीकृत समाजवादीको निर्णय पर्खिरहेको समेत बुझिएको छ । हाल समाजवादीको बैठक आलोकनगरमा बसिरहेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तथा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेका थिए ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपाललाई भेटेका थिए । यस्तै मंगलबार नै राप्रपा अध्यक्ष लिङ्देनले पनि नेपाललाई भेटेका थिए । बुधवार बिहान बालुवाटार पुगेर झलनाथ खनालले प्रचण्डलाई भेटेर वाम एकतासहितको सर्त लिएर सरकारमा जाने संकेत दिएका थिए ।
तर पार्टीले भने सरकारमा जाने या नजाने निर्णय नदिएकाले नयाँ गठबन्धनलाई भागबन्डामा पनि समस्या देखिएको बुझिएको छ ।