७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नयाँ अर्थमन्त्रीमा वर्षमान पुन पक्का ! सेयर बजारमा भने निरासा

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

7005 views

7005 views

नयाँ अर्थमन्त्रीमा वर्षमान पुन पक्का ! सेयर बजारमा भने निरासा

काठमाडौं, २२ फागुन । सत्ता गठबन्धन फेरीएसँगै नयाँ अर्थमन्त्री काे बन्ला भन्ने सर्वत्र चासाेकाे बिषय बनेकाे छ । साेमबारसम्म अर्थमन्त्रिमा एमालेका विष्णु पाैडेल आउने चर्चा चलेकाेमा आज नयाँ गठबन्धनकै सहमतिमा अर्थमन्त्रालय माओवादीलाई दिने पक्का भएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको नयाँ गठबन्धन बनाएसँगै अर्थमन्त्रीमा माओवादीबाट वर्षमान पुन आउने पक्का भएकाे हाे । यसअघि २०६८ मा वर्षमान पुन अर्थमन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई आगामी जेठ १५ आउने बजेटकाे तयारीमा लाग्न निर्देशन दिइसकेकाे बताइएकाे छ ।

विष्णु पाैडेल सेयर बजारका लागि ब्रान्ड बनिसकेका छन् । पछिल्ला समय लगातार घटेकाे बजार पाैडेल अर्थमन्त्री बन्ने चर्चासँगै हिजाे सेयर बजार उचालिएकाे थियाे । अर्थमन्त्रीमा पाैडेलकाे चर्चासँगै उत्साहित बनेका लगानीकर्ता मंगलबार एकाएक निरास बनेका छन् ।

पुनलाई लगानीकर्ताले रूचाएका छैनन् । यस अघि वर्षमान पुन २०६८ भदौ १८ गते अर्थमन्त्री हुँदा शेयर कारोबार मापक सूचक ३३९.२६ अंकबाट घटेर २९८.६९ अंक सम्म झरेको थियो। उनी नियुक्त भएदेखि घटेकाे बजार लगातार ८ महिनासम्म बढ्न सकेको थिएन।

मंगलबार पुन अर्थमन्त्री बन्ने पक्का भएसँगै बजार पुनः राताम्य बनेकाे छ । मंगलबार १ बजेर ५२ मिनेट जाँदा बजार ५३.५५ अंकले घटिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?