७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सात महिनामा २३ अर्ब ५४ करोडको खाद्यान्न आयात

नागरिक पोष्ट

मंगलवार, २२ फाल्गुन २०८०

9623 views

9623 views

सात महिनामा २३ अर्ब ५४ करोडको खाद्यान्न आयात

काठमाडौं, २२ फागुन । चालु आर्थिक वर्ष २०८०र८१ को ७ महिनामा नेपालले २३ अर्ब ५४ करोड २२ लाख ५० हजार रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागका अनुसार यो अवधीमा सबैभन्दा धेरै मकै आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ अर्ब ६२ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको १८ करोड ६५ लाख १ हजार ७२ केजी मकै आयात भएको छ । यस्तै ५६ करोड ८६ लाख ८७ हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३ केजी मकैको बिउ आयात भएको छ ।

यस्तै मकैपछि दोस्रोमा ७ अर्ब ३७ करोड ६७ लाख ३ हजार रुपैयाँ बराबरको १९ करोड ६१ लाख ४४ हजार १६ केजी धान आयात भएको छ । यसमा ४ करोड ७९ लाख ४४ हजार रुपैयाँ बराबरको १ लाख ४४ हजार ५९५ केजी धानको बिउ आयात गरीएको हो ।

यस्तै ७ महिनामा नेपालले ५ अर्ब ६८ करोड ४० लाख २६ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ४९ हजार ३४० केजी चामल आयात गरेको छ ।

यस अवधिमा २ अर्ब ३३ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ५ करोड ६१ लाख ३३ हजार ३४० केजी गहुँ आयात भएको छ । जसमा ३ लाख ५५ हजार रुपैयाँ बराबरको ३४३ केजी गहुँको बिउ आयात भएको विभागको तथ्यांकले देखाएको हो।

यस्तै नेपालले आयात गर्ने अर्को खाद्यान्न बालिमा कोदो रहेको छ । यस अवधिमा नेपाललमा  ५२ करोड ७५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १७ हजार २३६ केजी कोदो आयात भएको हो । जसमा १ लाख ७८ रुपैयाँ बराबरको कोदाको बीउ आयात गरीएको छ ।

नेपालले मकै, धान, चामल, कोदो, गहुँ लगायत खाद्यान्न भरत चीन थाइल्यान्ड, ब्राजिल, इटली भियतनाम, इन्डोनेसीया जापान लगायतका देशहरुबाट आयात गर्दै आएको छ ।

यस अवधिमा नेपाललले यी खाद्यान्नको आयातबाट सरकारले १ अर्ब ५८ करोड ७२ लाख ४४ हजार राजस्व प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?