मंगलवार, ११ मंसिर २०८१
2211 views
2211 views
काठमाडौं । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिजुली काटिने जनाएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।