७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन

नागरिक पोष्ट

मंगलवार, २२ फाल्गुन २०८०

6682 views

6682 views

नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन

काठमाडौं   पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यतिबेला नेतृत्व बिहिन अवस्थामा छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० मा सकिएयता बोर्ड अध्यक्ष विहिन बनेको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै गत बुधबार बोर्डको अध्यक्षका लागि आवेदन खुला गरिएको छ । तर, हाल उक्त पद खाली हुँदा नियमित हुने काम कारबाहीहरु ठप्प बनेका छन् । अर्थमन्त्रालयले बोर्डका बरिष्ठ कार्यकारी निर्देशकलाई नियमित कामको जिम्मा दिएपनि आइपीओ निष्काशनको प्रकिया भने अगाडी बढ्न सकेन । पछिल्लो केही समय यता थुप्रै कम्पनीहरुले आइपीओ, एफपीओं, हकप्रद, ऋणपत्र निष्कासनको अनुमति पाउन सकेका छैनन् ।

यता विगत दुई वर्षदेखि निरन्तर घट्दो क्रममा रहेको पूँजी बजार ३२ सयको बिन्दुबाट घटेर हाल १९ सय २ हजार आसपासको विन्दुमा आइपुगेको छ । नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घटेको भन्दै विषम परिस्थितिबाट गुज्रिरहेको बजारलाई सही दिशा प्रदान गर्नुपर्ने माग लगानीकर्ताको छ । आगामी कार्याकालको लागि बोर्डमा नियुक्ति प्रक्रिया अगाडि बढ्दै गर्दा उक्त पदमा सक्षम र दक्ष नेतृत्व नियुक्त गनुपर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । लगानीकर्ताले अप्ठयारो परिस्थिमा रहेको बजारलाई सही दिशामा लैजान सक्ने पुँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएको नेतृत्व चाहेका छन् ।

यता पूर्वाधार विकासको लागि धितोपत्र बोर्डलाई स्वायत्तता दिनु पर्ने आवस्यकता औँल्याइएको छ । हाल धितोपत्र बोर्डसँग सेयर कारोबारलाई नियमन गर्न सक्ने न त उपयुक्त प्रविधि छ न त दक्ष जनशक्ति नै । पूँजी बजार जस्तो संवेदनशील कारोबार नियमन गर्ने तथा तथ्यांकको विश्लेषण गरेर बजारलाई सुरक्षित बनाउन सरकारले धितोपत्र बोर्डलाई कानुनसहित स्वायत्तता दिनुपर्ने बताइएको हो ।

धितोपत्र बार्ड नेतृत्वविहीन हुँदा हाल जलविद्युत् कम्पनीका, उत्पादन मूलक समूहका तथा होटेल तथा पर्यटन समूहका आईपीओहरु पाइपलाइनमा छन् । आईपीओ मात्र होइन एफपीओ तथा हकप्रद सेयर निष्कासनका लागि पनि थुप्रै कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यसरी नियामक निकाय नेतृत्व बिहिन बन्दा धितोपत्र बजारमा चाप बढ्नुका साथै कम्पनीहरुको व्यवसायिक योजना समेत प्रभावित बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?