७ कार्तिक २०८१, बुधबार

ताजा खबर

डी.आर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

7158 views

7158 views

डी.आर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ ।

सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ ।

यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा।उपाध्यायले जानकारी दिनुभयो ।

डा।उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?