७ कार्तिक २०८१, बुधबार

ताजा खबर

३ पटक सर्किट लागेपछि सोमबारको सेयर बजार बन्द भयो

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

10099 views

10099 views

३ पटक सर्किट लागेपछि सोमबारको सेयर बजार बन्द भयो

काठमाडौं । सोमबारको सेयर बजार बन्द भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेर तेश्रो सर्किट लागेसँगै सोमबारको सेयर कारोबार बन्द भएको हो । बजारमा १२ बजेर ४ मिनेटमै तेश्रो सर्किट लागेको छ । यो अवधिमा नेप्से परिसूचक ११७।७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको छ ।

सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बन्द भएर खुलेको बजारमा पुनः ६ प्रतिशतले बढेर सर्किट लागेको हो ।
सत्ता गठबन्धन फेरिएकोले सेयर बजारमा सर्किट लागेको हो । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?