७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले शपथ लिए

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

9657 views

9657 views

राष्ट्रियसभाका नवनिर्वाचित  १९ सदस्यले  शपथ लिए

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा सोमबार आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?