७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुखानी सहिदका परिवारसँग प्रधानमन्त्रीले भेटे

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

6818 views

6818 views

सुखानी सहिदका परिवारसँग प्रधानमन्त्रीले भेटे

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उहाँहरुलाई भेट गर्नुभएको हो ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो ।

आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?