सोमबार, २१ फाल्गुन २०८०
8535 views
8535 views
काठमाडौं । काँग्रेस माओवादीको गठबन्धन टुटेको छ । माओवादीले एमाले र रास्वपासँग नयाँ गठबन्धन गरेको हो । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्ड निवास वालुवाटारमा नयाँ गठबन्धनको बैठक बसेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।