७ कार्तिक २०८१, बुधबार

ताजा खबर

किसान लघुवित्तले चैत ९ गते बाेलायाे साधारणसभा

नागरिक पोष्ट

बुधबार, १६ फाल्गुन २०८०

7634 views

7634 views

किसान लघुवित्तले चैत ९ गते बाेलायाे साधारणसभा

काठमाडौं, १६ फागुन । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ औं वार्षिक साधारणसभा चैत्र ९ गते बस्ने भएको छ । संस्थाको सञ्चालक समितिको लागुन १५ गते बसेको १२९ औं बैठकले उक्त निर्णय गरेको हो ।

साधारण प्रस्ताव अनुसार  सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आ।व। २०७९र८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण ९अनुसूची सहित ० उपर छलफल गरी पारित गर्नेछ भने संस्थाको आ।व। २०८०र८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । यस्तै सञ्चालक समितिमा संचालकहरुको मनोनयनलाई अनुमोदन गर्नेछ ।

यता विशेष प्रस्ताव अनुसार सभाले किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन ९ म्गभ म्भष्निभलअभ ब्गमष्त च्भउयचत० को आधारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले १ ९एक० कित्ता शेयर पाँउदा किसान लघुवित्त लघुवित्त वित्तीय संस्थाले ०।८८३४ ९ शुन्य दशमलव आठ आठ तीन चार ० कित्ता शेयर पाउने गरी कायम भएको शेयर स्वाप अनुपात ९ क्जबचभ क्धबउ च्बतष्य० सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
यस्तै किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र ९ःझयचबलमगm या ग्लमभचकतबलमष्लन०, सम्पत्ति र दायित्व तथा कारोबार को मुल्यांकन प्रतिवेदन ९म्गभ म्भष्निभलअभ ब्गमष्त च्भउयचत०, मर्जर सम्बन्धमा गठित मर्जर समिति तथा संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेको निर्णय एवं सो सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाहीहरु तथा अन्तिम सम्झौतापत्रलाई अनुमोदन गर्नेछ ।

यस्तै किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि गठित संयुक्त मर्जर समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मुल्यांकनकर्ता चार्टड एकाउन्टेन्टस् फर्म ल्द्य च्यपबथब ७ ब्ककयअष्बतभक को नियुक्ति र उक्त फर्मको पारिश्रमिक अनुमोदन गर्नेछ ।

यस्तै किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात बन्ने नयाँ संचालक समितिमा यस संस्थाबाट प्रतिनिधित्व गर्ने संचालकहरु सम्बन्धमा संचालक समितिले गरेको निर्णय अनुमोदन गर्ने तथा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबाट चयन भई आउनु हुने संचालकहरुको मनोनयनलाई अनुमोदन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?